चौतारा, असोज १० ।
पाँचपोखरी थाङ्गपाल गाउँपालिकामा आयोजना गरेको उपभोक्ता समितिका पदाधिकारी , वडा समिति तथा कर्मचारीहरुका लागि योजना संचालन सम्बन्धी १ दिने अभिमुखीकरण गोष्ठि सम्पन्न भएको छ।
हरेक वडाहरुमा गोष्ठी आयोजना गरेर पाँचपोखरी थाङ्गपाल गाउँपालिकाले पहिलो पटक उपभोक्ता समितिको बैंक खाता वडा वडा मै खोल्ने कार्यको थलानी गरेको छ ।
अव उपभोक्ता समितिहरुले बैंक खाता खोल्न गाउँपालिका सम्म पुग्नु पर्ने वाध्यता नपर्ने भएकोमा उपभोक्ता समितिमा रहेका पदाधिकारीहरुले खुसी व्यक्त गरेका छन् ।
त्यस्तै सो अवसरमा हरेक वडाहरुमा उपभोक्ता समितिको काममा उत्साह उमंग अनि जनसहभागिता बढोस् भनेर उपहारस्वरूप उपभोक्ता समितिको छाप गाउँपालिका निःशुल्क वितरण गरिएको थियो।
प्रधानमन्त्री रोजगार कार्यक्रम सूचिकृत भएका कामदारहरुले मात्र उपभोक्ता समितिको काममा प्राथमिकता पाउने तथा अनिवार्यरूपमा कामदारहरुले बैंकमा खाता खोल्नुपर्ने नयाँ नियमको थालनी गरिएको गाउँपालिकाले जानकारी दिएको छ।त्यस्तै गाउँपालिकाका ८ वटै वडामा बैंकिंग सेवा उपलव्ध गराउने मेगा बैंकलाई धन्यवाद दिदै गोष्ठी सम्पन्न भएको थियो।