पाँचपोखरी ।
सिन्धुपाल्चोक समाज ,दक्षिण कोरियाले अग्निपीडितलाई राहत बितरण गरेको छ ।
“आपसी सहयोग सद्भाव र सदाचार सिन्धुपाल्चोक बासी मिलनको आधार“ नाराको साथमा २०१४ मा स्थापित सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ५ गुन्सामा मंसिर ३ गते भएको आगलागी पीडितहरू जेठा बोम्जनका छोराहरु लाइ रु.५०००० बराबरको जस्तापाता हस्तान्तरण गरेको हो।
सो हस्तान्तरण कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष काले गोले वडा सदस्य पदम तामाङ लगायतको उपस्थित रहेको थियो । राहत वितरणका लागि लायुर लामाले सहयोगी भूमिका निर्वाह गरेको थियो ।
सिन्धुपाल्चोक समाजले यस अघिपनि जिल्ला मा भएका विभिन्न सामाजिक कार्यहरुमा आवश्यकता अनुसार राहत तथा सहयोग वितरण गर्दै आएको समाजको उपसचिव बिशाल श्रेष्ठले जानकारी दिनुभएको छ ।