चौतारा ।
नेपाली काँग्रेसले सोमबार गरेको देशव्यापी प्रदर्शन सिन्धुपाल्चोकको दुई स्थानमा भएको छ ।
सिन्धुपाल्चोकको बाह्रविसे र चौतारामा विभेद, उदासीनता, सर्वसत्तावादी प्रवृत्ति, कोभिड १९ नियन्त्रण र उपचार, स्वास्थ्य सामग्रीलगायतका बेतिथि विरुद्ध काँग्रेसले प्रदर्शनमा गरेको हो । नेपाली कांग्रेस क्षेत्र नं. १ को आयोजनामा भएको प्रद्यर्शनलाई केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सम्बोधन गरेका थिए ।
७७ वटै जिल्ला सदरमुकाममा काँग्रेसले प्रदर्शन गरेको थियो । सिन्धुपाल्चोकमा भने केन्द्रीय सकुर्लरअनुसार सदरमुकाममा गर्ने भनिएता पनि क्षेत्रीय समितिले बाह्रविसेमा छुट्टै प्रदर्शनको आयोजना गरेको हो ।
यता सिन्धुपाल्चोक चौताराको प्रदर्शनलाई सम्बोधन गर्न नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री कमला पन्त आउनुभएको थियो । पन्तका साथसाथै नेपाली काँग्रेसका केन्द्रीय सदस्य विष्णुविक्रम थापा र नेता तथा योजना आयोगका पुर्व उपाध्यक्ष गोविन्द पोखरेलले पनि चौतारामा भएको प्रद्यर्शनलाई सम्बोधन गर्नुभयो ।
प्रदेशसभा सदस्य निमा लामा, गाउँपालिका राष्ट्रिय महासंघका महासचिव एवं इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङलगायत नेताहरुको उपस्थिति रहेको थियो ।
विरोध सभामा पुर्वमन्त्री एवम् केन्द्रीय सदस्य पन्तले ओली सरकार किसानमारा भएकोले सडकमा गलत्याउने दाबी गर्नुभएको छ । नेपाली जनताको अधिकार कटौती र कुण्ठित गर्न खोज्यो भने चुप लागेर नबस्ने चेतावनीसमेत पन्तले दिनुभयो ।
सभापति लामाले नेपाली कांग्रेसले रगत बगाएर ल्याएको प्रजातान्त्रविरुद्ध नेकपा सरकार लागे त्यसको प्रतिवाद गर्न आफू पछि नपर्ने दाबी गरे।
यस्तै सिन्धुपाल्चोक क्षेत्र नं– १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतको सभापतित्वमा भएको विरोधसभामा पूर्वसुचना तथा सन्चारमन्त्री नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पार्टी खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेत प्रमुख आतिथ्य थिए ।
कार्यक्रममा नेपाली काँग्रेस सिन्धुपाल्चोकका नेताहरु हरिशरण श्रेष्ठ, प्रेमध्वज लामा, लीला नेपाल, टंक कार्की साथै सुनकोसी गाउँपालिकाका प्रमुख श्रवणकुमार जीसी (बिनोद), विभिन्न स्थानीय निकायमा नेपाली काँग्रेसका जनप्रतिनिधि, नेता कार्यकर्तालगायत भातृ र शुभेच्छुक संस्थामा नेता कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।
यसैबिच जिल्लाको दुई स्थानमा भएको प्रदर्शनलाई लिएर कोरोना संक्रमणका कारण चौतारा जान नसकिने भएको केन्द्रीय सदस्य मोहन बस्नेतले जानकारी दिनुभयो ।
सभापति लामाले शक्ति प्रदर्शनमा सबै नेता तथा कार्यकर्तालाई चौतारा आउन आग्रह गरेका थिए ।