चौतारा ।
१७ वर्ष ७ महिना ३ दिन कैद भई फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
२०७२ सालको बिनासकारी भुकम्पबाट जिल्ला कारागार क्षति भई फरार रहेका बिर वहादुर पहरीलाई प्रहरीले मंगलबार प्रकाउ गरेको हो ।
फैसला कार्यान्वयन अन्तर्गत गौवध मुद्दामा १२ वर्ष र थुनुवारकैदी भागे भगाएको मुद्दामा ५ वर्ष ७ महिना ३ दिन गरि जम्मा १७ वर्ष ७ महिना ३ दिन कैद सजाँय भई फरार रहेका साविक ठोकर्पा गा.वि.स.वडा न.२ हाल सुनकोशी गा.पा.वडा न.१ पहरीलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रकाश सापकोटाले जानकारी दिनुभएको छ ।
फरार भएको ५ वर्ष ७ महिना २२ दिन पछि प्रकाउ गरिएको पहरीलाई मंगलबार नै सिन्धुपाल्चोक जिल्ला अदालतमा उपस्थित गराईएको छ ।