घनश्याम नेपाल, सन्देश ,
के खाऊँ अमिलो निचोरी रसिलो चूकै छ घाँटी भरि
ठूलो औषध यो रहेछ बुझिँ लौ खाएर हेरेँ घरि
भीटामीन डिकोल्ड लिएछू किरणै श्री सुर्य हेरिकन
अहिले केही हलुका भएछ तन यो खुसी छ अहिले मन
छातीमा कफको थियो विकर नै खोकी थियो साँझमा
अहिले त्यो पनि छैन हे मनुज हो आऊँछु है माझमा
दूखेको मन यो फकाउ कसरी हेर्छू हिमालै तिर
मेरो यो भुमिको हिमाल हँसिलो देख्छू हिऊँको शिर
मेरो चित्त दुखे पिऊँछु जल यो झरना छ आँखा अघि
खम्बा झैँ अटलै भएर बसिछू धर्ती बनेझैँ सही
मेरो के छ र दोष हे नरपते माया छ औधी जहाँ
प्यारो यो जिमिको ऋणी छु अति नै रुँदै म जाऊँ कहाँ
लेखक ठेगानाः चौतारा साँगाचोकगढी न पा ४, कुबिन्डे, ढुङगेकुवा