हेलम्बु ।
आन्तरीक तथा बाह्य पर्यटकहरुको लागि जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा प्रख्यात हेलम्बुमा बेमेथाङ पिकको सफतापुर्वक आरोहण सम्पन्न भएको छ ।
यहि मंसिर १८ गते नेरिका एडभेन्चरर्स का आरोही सतिस मान पति को नेतृत्वमा तीन सदस्यीय आरोही टोलीले हेलम्बु क्षेत्रमा रहेको ५६०५ मिटर अग्लो नयाँ बेमेथाङ पिकको सफतापुर्वक आरोहण सम्पन्न गरेको हो ।
हेलम्बु गाउँपालिकाले पर्यटन प्रर्वधनका लागि हेलम्बु हाई सर्किट ट्रेकिङ रुटको बिकास गर्ने उदेश्य अनुरुप उक्त क्षेत्रमा रहेको ५ हजार देखि ६ हजार मिटर उचाई सम्मका हिमालहरुको आरोहण खुल्ला गर्ने प्रक्रियाको प्रारम्भ गरेको समेत जनाएको छ ।हेलम्बु क्षेत्रमा ५ हजार भन्दा माथिका ९ वटा पिकहरु रहेको र उक्त ठाउँमा जाने दोहोरो रुट निर्माण गर्ने काम भैरहेको गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले बताए । सेमिसिदाङ, लाङटाङ र हेलम्बु घाङजलापास हुँदै आरोहण गर्न सकिने रुटको बिकास भैरहेको उनको भनाई छ । यसले हेलम्बु लगायत सिन्धुपाल्चोकको पर्यटन बिकासमा ठुलो योगदान पु¥याउने गाउँपालिकाको बिश्वास छ ।
हेलम्बु र लाङटाङ क्षेत्रको बिचमा रहेको नयाँ गंगा र पावेल पिक आरोहण रुट पनि हेलम्बुबाटै चढ्न सक्ने गरी तयार गर्ने क्रममा रहेको जनाएको छ ।