मेलम्ची ।
केपी ओलीले गरेको असंवैधानिक कु विरुद्ध लाग्न पुर्व कानुनमन्त्री शेरबहादुर तामाङले सम्पुर्ण कार्यकर्तालाई निर्देशन दिएका छन् ।
आज राष्ट्रिय युवा संघ, प्रचण्ड नेपाल समुह मेलम्ची नगरपालिकाले आयोजना गरेको युवा भेला तथा अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पार्टीभित्र सल्लाह नगर्ने ओलीको प्रवृत्तिले आज समस्या भएको भन्दै पुर्वमन्त्री तामाङले आफुले राजीनामा दिनुका कारण पनि ओलीको एकलौटी शैलीले गर्दा भएको समेत बताए ।
कार्यक्रममा विशेष अतिथिको रुपमा नेकपा बागमती प्रदेश सदस्य चन्द्र थापा, नेकपा बागमती सचिवालय सदस्य एवम सिन्धुपाल्चोक जिल्ला अध्यक्ष झम्क नेपाल, जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङ, मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्याल, पाँचपोखरी थाङपाल गाँउपालिकाका अध्यक्ष टासी लामा लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्ने सबै बक्ताहरुले प्रतिगमनको विरुद्धमा लाग्न सबै युवा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन ।