चौतारा, माघ १४ ।
स्थानिय तहका न्यायिक समितिसंग सामुदायिक मेलमिलाप सम्बन्धि कार्यशाला गोष्ठी तथा बार्षिक समिक्षा कार्यक्रम शुरु भएको छ ।
जिल्लाका सम्पुर्ण स्थानीय तहका न्यायिक समितिका पदाधिकारी तथा पालिकामा कार्यरत कानुनी सहजकर्तासंग गरएको सो कार्यक्रम २ दिन सम्म संचालन रहने छ ।
जिल्ला समन्वय समिति उपप्रमुख बालकुमारी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख जानुका पराजुली, मेलम्ची नगरपालिका उपप्रमुख भगवती नेपाल, इन्द्रावती गाँउपालिका उपाध्यक्ष मिरा अधिकारी लामा, पाँचपोखरी थाङपाल गाँउपालिका उपाध्यक्ष सुनिता अधिकारी, त्रिपुरासुन्दरी गाँउपालिका उपाध्यक्ष दुर्गादेवी नेपाल, हेलम्बु गाँउपालिकाको उपाध्यक्ष कोपिला पण्डित, बलेफि गाँउपालिका उपाध्यक्ष कमला कायस्थ, र लिसंखुपाखर गाँउपालिका उपाध्यक्ष हेमगंगा मोक्तानको उपस्थित रहेको संस्थाका जिल्ला संयोजक ठाकुरराम चौलागाईंले जानकारी दिए ।
प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरणका जिल्ला सहजकर्ता यम ज्योतीले संचालन गर्नुभएको कार्यक्रममा राष्ट्रिय स्रोत व्यक्ति नेत्र धितालले स्वागत मन्तव्य राखेका थिए।