मेलम्ची, फागुन २३ ।
मेलम्ची नगरपालिका वडा नं. ४ को बिकट बस्ति डाँडाकटेरीका ३६ जना महिलाले साबुन बनाउने सिप पाएका छन् ।
गाँउमा नै रहेको कच्चा पदार्थहरु सिस्नो, तितेपाति र बेसारको धुलो बनाई बिभिन्न सामाग्रीको प्रयोग गरी साबुन बनाउन सिकाइएको तालिमको प्रशिक्षक इभा नेन्सिले बताइन् ।
कतारमा काम गरेर फर्केकि ठुलि तामाङले अब गाँउमा नै केहि गरेर परिवार पाल्न सक्षम बनाइदिएकोमा खुुसि व्यक्त गरिन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी महिला सङ्गठनकी महासचिव कुमारी तामाङको पहलमा युवा तथा साना व्यवसायी स्वरोजगार कोष काठमाडौं र इसेन्सियल नेपालको संयुक्त आर्थीक सहयोगमा महिलाहरुलाई उक्त तालिममा प्रदान गरिएको हो ।
बिहिवार उदघाटन भएको तालिमको समापनमा प्रमुख अतिथि नेपालका लागि कतारका राजदुत इच्छुक महमद अलमद अलहिलले सो तालिमले आफु निकै प्रभावित भएको बताएका छन् ।
उनले भने ‘यस बिकट बस्तिमा गरिएको तालिमले म निकै प्रशन्न भएको छु । यि र यस्ता कार्यक्रम गर्नका लागि कतार सरकारलाई सहयोगको लागि अपिल गर्नेछु ।’
कार्यक्रममा युवा तथा साना व्यवसायी स्वरोजगार कोष काठमाडौंका कार्यकारी उपाध्यक्ष डाक्टर कल्याण रोक्काले गाँउका मान्छेहरु बेरोजगार बस्न नपरोस भन्नका लागि गाँउ गाँउमा यस्ता कार्यक्रम तय गरेर संचालन गरिरहेको बताएका छन् ।
कार्यक्रममा अतिथि इसेन्सियल नेपालकी डाइरेक्टर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य अञ्जना शाहले महिलाहरुको आर्थिक अबस्था उकास्नु आफ्नो रुचि रहेको बताइन् । उनले भनिन्, यी र यस्ता जीवन उपयोगी तालिमहरूले गाउँमा रोजीरोटी गरेर बस्नेहरूलाई रोजगारको अवसर प्राप्त हुने र बिस्तारै जीवनस्तर उस्किदै जाने विश्वास लिएको छु ।
यस प्रकारका तालिमहरूले गाँउका मानिसहरूमा स्वरोजगार बन्न सहयोग पुग्ने हेतुले कार्यक्रमको लागि पहल गरेको राप्रपा नेत्री तामाङले बताइन् ।
सोही प्रकारको नेचुरल साबुन बनाउने तालिम यसअघि सोही संस्थाले जुगल गाउँपालिकाको वडा नं २ का ३० जना महिलालाई प्रदान गरिसकेको छ ।