बाह्रबिसे, चैत्र ४ ।
बाह्रबिसे नगरपालिका वडा नं.५ गातीमा अबस्थित श्री सिंगार्चे आधारभुत बिद्यालयको भवनको नजिकै रहेको खोलामा गत असारमा २४ गते आएको बाढी सहितको पहिरोले बिद्यालयको भवन नै जोखिममा रहेर बिद्यालयको प्राङगण बगाएको थियो ।
बाढी पहिरोले बगाएको बिद्यालयको प्राङगण जिल्ला समन्वय समितिको आर्थीक सहयोगमा पुननिर्माण भएको छ ।
जिल्ला समन्वय समितिको र बाह्रबिसे नगरपालिकाको ‘म्याचिङ फण्ड’ मार्फत सो बिद्यालयको भवन जोगाउनको लागि जालि वाल सहितको मेसिनरी वाल लगाइएको हो ।
गत असारको बाढी पहिरोले बिद्यालयको भवनको पिल्लर नै देखिने बगाए थियो । धैरैतिर गुहार गर्दा जिल्ला समन्वय समितिबाट बल्ल सहयोग पाउन सक्यौ बिद्यालको प्रध्यानाध्यापक साबित्री गुरुङले भनिन् ।
जिल्ला समन्वय समितिको २२ लाख र बाह्रबिसे नगरपालिकाको १३ लाखको साझेदारीको सो बिद्यालयको भवनको लागि सुरक्षित बनाइएको हो ।
बिद्यालयलाई सुरक्षित बनाउने पर्खालको निर्माण अन्तिम चरणमा पुगेको र काम निकै नै गुणस्तरीय रहेको जिल्ला समन्वय समितिका सदस्य सकुन्तला माझीले बताइन् ।