हेटौंडा, बैशाख १५ ।
सिन्धुपाल्चोक प्रतिनिधि सभा १ प्रदेश सभा ख बाट बागमती प्रदेश सभामा प्रतिनिधित्व गरेका प्रदेश सांसद सरेश नेपालले बागमती प्रदेशको उद्योग , पर्यटन , वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
आज भएको बागमती प्रदेश मन्त्रिपरिषद् पुनर्गठनबाट नेपाल मन्त्रि बनेका हुन् ।
मन्त्री नेपालले आजै पद तथा गोपनीयताको सपथ लिएका छन् ।
यसअघि सो मन्त्रालयमा सिन्धुपाल्चोककै अरुण नेपाल मन्त्री रहेका थिए ।
उनीसँगै दोलखाकी सरस्वती बस्नेतले सामाजिक विकास मन्त्रालय र नुवाकोटका केशवराज पाण्डेले आन्तरीक मामिला तथा कानुन मन्त्रालयको मन्त्री को जिम्मेवारी पाएका छन् ।
यस्तै धादिङका डा. रामकुमार अधिकारीले भने सामाजिक विकास मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।