चौतारा, बैशाख २० ।
आज बिहान मृत्यु भएका कोरोना नेगेटिभ देखिएका कुविण्डेका एक पुरुषको पुनः कोरोना परिक्षणको लागि स्वाव संकलन गरिएको छ ।
स्वाब संकलन गरिएसँगै उनको शब सेनाले व्यवस्थापन गर्ने भएको छ ।
मृतकको शव नेपाली सेनाले मृतककै दाहसंस्कार गर्ने ठाँउमा लगेर व्यवस्थापन गर्ने भएको हो ।
बुधबार कोरोना नेगेटिभ रिपोर्ट आएका नेपालको आज बिहान अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो ।
श्वास फेर्न गाह्रो भएका उनलाई चौतारा अस्पतालबाट धुलिखेल लैजाँदै गर्दा साँगाचोकमा पुग्दा मृत्यु भएको हो ।
मृत्यु भइसकेको मान्छेको कोरोना परीक्षण नगर्ने सरकारको नीति थियो तर उनको परिक्षणको लागि स्वाब संकलन गरिएको हो ।