२१ बैशाख, चौतारा ।
सिन्धुपाल्चोकको भोटेकोशी नदिमा निर्माणाधिन मध्य भोटेकोशी जलविद्युत आयोजना १०२ मेगावाटले आज (बैशाख २१ गते)देखि आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि आईपिओ निष्काशन गराएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी रु।६ अर्बको १०५ अर्थात् रु.६० करोड बराबरको ६० लाख कित्ता निष्काशन गर्न लागेको हो ।
जस मध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ ९्साविक लिस्ती गाविस र साविक मार्मिङ गाविस, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ ९साविक गाती गाविस तथा बाह्रबिसे नगरपालिका वडा नं ७ र ८ (साविक घुम्थाङ्ग गाविस र साविक मानेश्वरा गा.वि.स.) मा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ३०५ ले हुन आउने १८ लाख कित्ता साधारण शेयर र माथि उल्लेखित आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागिे ७०५ ले हुन आउने ४२ लाख कित्ता साधारण शेयर निष्काशन भएको हो ।
यस आईपिओमा आवेदन दिंदा न्युनतम ५० कित्ता र अधिकतम ४ सय कित्तासम्मको लागि दिन सकिने छ । आईपिओमा छिटोमा जेठ ४ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा जेठ २० गते सम्म आवेदन दिन सकिने छ ।
कोरोना माहामारीका बीचमा स्थानीयका लागि जारी गरिएको आईपीओले सम्बन्धित स्थानीयलाई तोकिएको आईपीओ भर्ने केन्द्रसम्म जानका लागि भने समस्या पर्ने देखिएको छ ।
कम्पनीले माहामारीका बीचमा आईपीओ जारी गर्दा केही टाठा बाठाले मात्र आईपीओ कब्जा गर्ने हुन कि भन्ने पनि शंका बढेको छ । यो आईपीओका लागि कम्पनीले तोकेको सम्बन्धित निकायमा नै जानु पर्ने वाध्यता छ ।
डिजिटल प्रविधिबाट भर्न सकिँदैन । शेयर भर्नका लागि कम्पनिले विभिन्न बैंकका ४३ वटा शाखाहरु तोकेको छ ।