चौतारा,जेष्ठ १ ।
सिन्धुपाल्चोकमा कोरोनाको दोस्रो लहर शुर भएयता संक्रमित भएका मध्ये ७० जनाले कोरोना जितेर घर फर्किएका छन् ।
हालसम्म जिल्लामा ६३१ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ७० जना कोरोना निको भएर घर फर्किसकेका स्वास्थ्य कार्यालयका बिरष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए ।
शुक्रबार साँझसम्म चौतारा साँगाचोकगढि नगरपालिकाका ३२, बाह्रबिसे नगरपालिकाका ३, हेलम्बु गाँउपालिकाका १२, इन्द्रावतीका १, जुगलका ३,लिसंखुका १, मेलम्ची ६, त्रिपुराका १ र ठेगाना नखुलेका ११ जना गरि ७० जनाले कोभिड १९ लाई परास्त गरि घर फर्किएका बरिष्ठ जनस्वास्थ्य अधिकृत चापागाईंले बताए ।
जिल्लामा हालसम्म ७ जनाको मृत्यु भै सकेको छ । चौतारा साँगाचोकका ४, बलेफिका १, इन्द्रावतीका १ र मेलम्चीका १ जना गरि ७ जनको कोरोनाको कारण मृत्यु मृत्यु भएको स्वास्थ्य कार्यलयको तथ्याङमा उल्लेख छ ।
जिल्लामा हाल ५५४ सक्रिय संक्रमित रहेका छन् । संक्रमितहरु धेरै होम आइसोलेशनमा नै रहेका र केहिमात्रै बिभिन्न आइसोलेशनमा उपचाररत रहेका छन् ।
संक्रमित सम्पुर्णको स्वास्थ्य अबस्था सामान्य नै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।