जेष्ठ ४, चौतारा ।
सिन्धुपाल्चोक जिल्लामा आज एकैदिन १ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लामा आज सबैभन्दा बढि १ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पशुपति खनालले जानकारी दिए ।
जिल्लामा आज चौतारा साँगाचोकगढि नगरपालिकामा मात्रै आज १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नगरपालिकाको वडा नं.१०,११ र ५ मा गरि गत शुक्रबार २८८ जनाको नमुना स्वाब संकलन गरिएको थियो सोहि स्वाबको रिपोर्ट आज आएको हो ।
यस्तै आज नै बलेफि गाँउपालिकामा २५ जना , इन्द्रावती गाँउपालिकामा १० जना र त्रिपुरासुन्दरी गाँउपालिकामा १ जना गरी जम्मा १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकृत खनालले जानकारी दिए ।
यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ९ सय ६३ पुगेको छ।
हालसम्म जिल्लामा कोरोनाकै कारण १० जनाले ज्यान गुमाइसकेका छन् ।