जेष्ठ १२, चौतारा ।
पूर्वमन्त्री तथा नेपाली काङग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले संचालन गरेको ३० बेडको कोभिड उपचार केन्द्रबाट कोरोना संक्रमितको उपचार शरु भएको छ ।
बस्नेतले मंगलबार खाडिचौरको सिन्धु सदावहार अस्पतालमा २५ र भोटेकोशीको चाकुमा ५ बेड गरी ३० बेडको कोभिड उपचार केन्द्र उद्घाटन गरेका हुन् ।
बस्नेतले जिल्लामा १ महिनाभित्र १ सय बेडको कोभिड अस्पताल सञ्चालन गर्ने प्रतिबद्धता अनुसार सिन्धु सदावहारमा २५ र चाकुमा ५ गरी ३० बेडको कोभिड उपचार सेवा केन्द्र सञ्चालनमा ल्याएका हुन् ।
पूर्वमन्त्री बस्नेतले मंगलबार सिन्धु सदाबहार अस्पतालमा सुनकोसी गाउँपालिका र सिलंखु गाउँपालिकाले सञ्चालनमा ल्याएको २५ बेडको कोभिड उपचार केन्द्र र आफैले सञ्चालनमा ल्याएको २५ बेडको गरी ५० बेडको कोभिड उपचार केन्द्रको उद्घाटन गरेका हुन् ।
कोभिड उपचार सेवा केन्द्र सञ्चालनका लागि बेडसहित अक्सिजनको व्यवस्था समेत गरिएको छ ।
यस्तै पूर्वमन्त्री बस्नेतले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र, चौतारा अस्पताल, जलबिरे स्वास्थ्य केन्द्र, नवलपुर स्वास्थ्य केन्द्र र हेलम्बुमा समेत अक्सिजन सहितको बेडको स्थापना तत्काल गर्ने बताएका छन् । जिल्लामा आवश्यक परे थप उपचार केन्द्र स्थापना गर्ने समेत उनको प्रतिबद्धता रहेको छ ।
यसअघि बस्नेतले जिल्लाका सम्पुर्ण वडाहरुमा १ हजार पिस माक्स सहित स्वास्थ्य सामग्री वितरण गरेका थिए ।