जेष्ठ १५,चौतारा ।
नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोक शाखाले १४२ थान भरेको अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।
जिल्लामा कोभिड १९ का संक्रमितहरु बढ्नाका साथै अक्सिजनको अभाव भएपछि महासंघले शनिबार जिल्ला अस्पताल चौतारा, सदावहार अस्पताल खाडीचौर र जिल्ला कोभिड संकट व्यवस्थान केन्द्र, सिन्धुपाल्चोकलाई हस्तारण गरेको हो ।
अध्यक्ष जीवन श्रेष्ठद्वारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष इश्वरी श्रेष्ठ र मेडिकल सुपरिटेण्डेट डा. करुणा बज्राचार्यलाई संयुुक्तरुपमा २५ थान र डिसिसिएमसीका सदस्य एसपी राजन अधिकारीलाई ९२ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गर्नु भएको हो ।
जिल्लामा अक्सिजन प्लान्ट नभएको र अक्सिजन भर्न समस्या भएपछि महासंघले स्थापना गरेको ‘पत्रकार महासंघ कोभिड १९ राहत कोष’बाट सिलिण्डरहरु संकलन गरि सुनसरी भर्न पठाएको थियो ।
कारोना भाइरसको दोस्रो लहर सुरु भएपछि जिल्लाका पत्रकारहरुलाई उपचार र राहत दिने उदेश्यले स्थापना गरेको कोषबाट संक्रमित ६ जना पत्रकारलाई उपचार खर्च पनि उपलव्ध गराईसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
कोषमा हालसम्म १४ लाख बढी रकम संकलन भईसकेको महासंघले जनाएको छ ।