जेष्ठ २०, बराम्ची ।
सिन्धुपाल्चोकको जुगल गाँउपालिका ५ स्थित रत्नराज्य माध्यमिक विद्यालयमा सञ्चालित आईसोलेशनमा रहेका एक व्यक्तिले आत्महत्या गरेका छन् ।
बलेफी गाँउपालिका ६ का ५३ वर्षीय रत्नबहादुर तामाङले आईसोलेश भवनको तेस्रो तल्लाबाट हाम फालेका थिए ।
३ तलाबाट हाम फालेका उनलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको आईसोलेशन व्यवस्थापन समितिका संयोजक पुष्पराज तिमल्सिनाले जानकारी दिएका छन् ।
गत जेठ १७ गतेदेखि उपचारको लागि केन्द्रमा आएका तामाङले राति करिब १ बजे भवनको तेस्रो तल्लाबाट हाम फालेका थिए ।