जेष्ठ ३०, चौतारा ।
अनेरास्ववियु सिन्धुपाल्चोक जिल्ला कमिटीले जिल्लाको मुख्य बजारहरुमा सेनिटाइज माक्स साबुन र पानीको ड्रम सहित हात हुने ब्यबस्थापन गरेको छ ।
उत्तरी नाका क्षेत्र तातोपानी,बाह्रबिसे, लामोसाघु , खाडिचौर, कोठे , बलेफी र सुकुटे क्षेत्रमा आवाज जावत भइरहने बजारक्षेत्रमा कोरोना भइरसबाट बच्नाका लागि स्वास्थ्य सामाग्री सहितको व्यवस्थापन गरिएको हो ।
कोरोना भाइरसको दोस्रो लहरको महामारीले सरसफाईमा लपारबाही गरेका कोरोना संक्रमितको सख्या बढ्दै जादाँ मुत्युदर पनि बृद्धि हुदै गएकाले यसको नियन्त्रणका लागि अनेरास्ववियुले सरसफाई अभियानलाई अघि सारेको अनेरास्ववियु सिन्धुपाल्चोक जिल्ला सह संयोजक कमल बुढाथोकीले बताए ।
स्ववियुले जनचेतना मुलक ब्यानरपनि जिल्लाको विभिन्न ठाउँमा राखिएको उनले बताए ।
यो अभियानले कोरोना संक्रमण नियन्त्रण गर्नका लागि थोरै भएपनि राहत हुने उनको विश्वास छ । बजार क्षेत्रमा राखिएको स्वास्थ्य सामाग्री र पानीको सही सदुपयोग गर्न र दुरुपयोग नगर्न सबैमा आग्रह पनि गरेको छ ।