असार १, चौतारा ।
मेलम्ची र लार्के खोलामा आएको बाढीले बगाएर दुई जना बेपत्ता भएका छन् ।
मंगलबार साँझबाट आएको बाढीले हेलम्बुका १ पुरुष र १ महिला बेपत्ता बनाएको स्थानीयले जानकारी दिएका छन् तर प्रहरीले भने मानविय क्षतिको एकिन तथ्यांक आइनसकेको बताएको छ ।
पाँचपोखरी थाङपाल गाँउपालिका वडा नं.३ लार्केमा गएको पहिरो १ घण्टासम्म खोला थुनियर फुटदा आएको बाढिले निकै ठुलो क्षति पुर्याइएको अनुमान गरिएको छ ।
अम्बाथान ड्याम फुटेको हुनसक्ने समेत स्थानियको आँकलन रहेको छ ।
सो बाढिले तिम्बु बजारमा रहेको तिम्बु प्रहरी चौकी सहित ७ घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै बाढिले मेलम्चीमा निर्माणधिन अबस्थामा रहेको सिटि पार्क बगाएको छ भने मेलम्चीमा रहेको आमाहेल्मो बसपार्कमा रहेका टहराहरु बगाएको छ ।
सो बाढीले रेडियो मेलम्चीको भवन समेत जोखिममा रहेको रेडियो मेलम्चीका स्टेसन म्यानेजर देवराज सुवेदीले बताए ।
अहिले मेलम्ची बजारका हजारौं स्थानिय ईन्द्रेश्वरी माध्यामिक विद्यालय , नगरपालिकाको कार्यालय , टार तथा माथिल्लो भेगका जङ्गलमा गएर बसेका छन् ।