असार २,मेलम्ची।
अविरल वर्षापछि हिजो मेलम्चीमा आएको बाढीले बगाएका १ जना चिनियाँ नगरिकको शव फेला परेको छ ।
मेलम्ची खानेपानिमा काम गर्ने १ जना चिनियाँ नागरिकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन अधिकारीले जानकारी दिए । उनका अनुसार अन्य ७ जना अझै बेपत्ता रहेका छन् ।
बेपत्ता भएका सबैको पहिचान भइसकेको छ । बेपत्ता हुनेमा हेलम्बु २ का ३१ वर्षे माधव भण्डारी ,४२ वर्षका गणेश ज्योति ,हेलम्बु ३ का ६५ वर्षकी टिकामाया खड्का, हेलम्बु ७ का ज्ञानेन्द्र कक्षपति ,चौतारा साँचोकगढि नगरका २३ वर्षका समुन्द्र नेपाल ,हेलम्बु ६ का च्याङ्बा तामाङ रहेका छन् । अझै कतिपय हराइरहेका हुनसक्ने अधिकारीले बताए ।
पछिल्लो तीनदिन देखिको लगातार बर्षाका कारण जिल्लाको हेलम्वु,मेलम्ची क्षेत्रमा ब्यापक क्षति भएको छ । हेलम्वु र मेलम्ची खोलाको भेल हिजोसाँझदेखि उर्लेर आउँदा मानविय सहित अरवौंको क्षति पुगेको प्रहरीले जनाएको छ ।
बाढीले त्यस क्षेत्रमा मोटर हिडने पक्कि पुल सहित आधा दर्जन बढी पुल बगाएको छ । मोटरबाटो र अन्य सडकखण्ड अवरुद्ध हुँदा एक ठाउँबाट अर्को ठाउँमा सम्पर्क विच्छेद भएको छ । बाढीले चनौटे,मेलम्ची,किउलदेखि तल्लो भेगसम्मका अधिकांश घरहरु डुवानमा परेका छन् ।
यस्तै नेपाली सेनाले मेलम्ची बजारका घरमा फसेर बसेका ४ जनालाई हेलिकप्टर मार्फत उद्दार समेत गरिसकेको छ ।
अझै केहिदिन वागमती प्रदेशको सिन्धुपाल्चोक लगायत कतिपय ठाउँमा भारी बर्षा हुने भएकोले तल्लो नटि तटीय क्षेत्रका स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
मेलम्ची बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्न सभामुख अग्निप्रसाद सापकोटा र स्वास्थ्यमन्त्री शेरवहादुर तामाङ राप्रपाका केन्द्रीय अध्यक्ष पशुपति शमशेर जबरा सहितको बेग्लाबेग्लै टोली पुगेको थियो ।