असार ६, चौतारा ।
सिन्धुपाल्चोककि चेली संगित शर्मा बेस्ट प्रेेेेेेेेेेेेेसिडेन्ट अफ द मन्थबाट सम्मानित भएकि छिन् ।
सानै उमेरदेखी सामाजिक कार्यमा अग्रसर भएर लाग्ने शर्मा गत बर्ष जुलाइ १ तारिक बाट लायन्स क्लब इन्टरनेसनल डिस्ट्रीक ३२५ ए २ मा आवद्ध भएकि थिइन् ।
सामाजिक संस्थाको रुपमा स्थापित लायन्स क्लबमा आबद्ध भएकि उनि कार्यमा सक्रिय भएर लागेपछि शनिबार बेस्ट प्रेसिडेन्ट अफ द मन्थ र गोल्डेन जुबुली अवार्डबाट सम्मानित भएकि हुन् ।
लायन्स क्लबको चौथो क्याबिनेट बैठकले उनलाई सम्मान गर्ने निर्णय गरेको हो ।
बेस्ट प्रेसिडेन्ट अफ द मन्थ र गोल्डेन जुबिली अवार्ड बाट सम्मान पायपछी झन समाजप्रती जिम्मेवारीी बढेको उनले बताइन् । यो सम्मानले समाजिक कार्यमा लाग्न झनै हौँसला प्राप्त भएको उनले नयाँ अभियानसंग भनिन् ।
जुलाइ १ ला लायन्स क्लवमा नयाँ सदस्यता लिएकि उनले लायन्स क्लब अफ काठमाडौ न्यू स्मार्टसिटी नामक क्लबको प्रेसिडेन्ट को रुपमा काम गर्दै आइरहेकि छिन् ।