असार ९, मेलम्ची ।
मेलम्ची नगरपालिकाको नवौं नगरसभा आज सम्पन्न भएको छ ।
चालू खर्चतर्फ ७६ करोड र पुजीगत तर्फ ४२ करोड गरि १ अर्ब १८ करोड रकम विनियोजन गरेको छ ।
कोभिड– १९ रोकथाम तथा मेलम्ची इन्द्रावती बाढी प्रभावितलाई प्राथमिकता दिएको नगर प्रमुख डम्बर अयालले बताउनुभयो।
६० बर्ष उमेर पुगेका अविवाहित एकल महिला तथा पुरुषलाई मासिक एक हजार रुपियाँ भत्ताको ब्यबस्था,आधारभुत तह सम्मको अध्ययन पूरा गरि विद्यालय छाडेका १६ बर्ष भन्दा माथिका इच्छुक ब्यक्तिलाई रोजगार मुलक तालिमको ब्यबस्था मिलाउने जस्ता कार्यक्रम ल्याएको छ।
नीति तथा कार्यक्रममा बाढी प्रभावित ब्यक्तिहरुलाइ घरधनिले ३ महिना सम्मको घरभाडा छुट गरेमा सोही आर्थिक बर्षमा तिर्नुपर्ने सबै बहाल कर छुट गरिने पनि उल्लेख गरिएको छ ।कृषि लगायतका क्षेत्रमा यसअघिनै ल्याएको कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।
सञ्चार जगतलाइ साझेदारी अवधारणा अनुसार सहयोग गर्ने,पत्रकारिता क्षेत्रको प्रबर्द्धनका लागि नेपाल पत्रकार महासघ, सामुदायिक रेडियो र सञ्चार सम्बद्ध निकायहरु संग समन्वय गरि काम गर्ने पनि समावेश गरिएको छ ।
नगरसभामा उपप्रमुख भगवती नेपालले बजेट बक्तब्य प्रस्तुत गर्नुभएको हो।