असार १०, चौतारा ।
सिन्धुपाल्चोक जिल्ला संघीय निर्बाचन क्षेत्र नम्बर २ मा तीनवटा पक्की पुल निर्माण हुने भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत ‘स्थानीय स्तरका सडक पुल तथा सामुदायिक पहुंच सुधार परियोजना ‘शिर्षक अन्तरगत ,तालामाराङ भट्टार मोटरेबल पुल,कलुङखोला मोटरेबल पुल हेलम्बु -५ र सिपाखोला पुल ,अर्चले बुढिचौर ,ईन्द्रावती -८ मा पक्की पुल निर्माणका लागि बजेट बिनियोजन गरिएको हो ।
२०७१ सालबाट पहल गरिएको तर बिबिध कारणले निर्माण हुन नसकेका मोटरेबल पुलहरुको लागी यस बर्ष रकम बिनियोजन गरिएको र छिटोभन्दा छिटो टेन्डर प्रकृयामा लैजान सम्बन्धित निकायलाई निर्देशन गरिने पुर्ब मन्त्री शेर बहादुर तामाङले बताए ।
गत असार १ गते मेलम्ची खोला र ईन्द्रावती नदिमा आएको भीषण बाढिका कारण सो क्षेत्रका ५ वटा पक्की पुल बगाएको हुंदा हेलम्बु ,पांचपोखरी थाङपाल , ईन्द्रावती गाउंपालिका र मेलम्ची नगरपालिकाका केही वडाहरु सडक सन्जालबाट बिमुख भएको अबस्थामा सो पुलहरु निर्माण हुंदा स्थानीय उपभोक्ताहरुलाई ठूलो राहत मिल्ने माननीय तामाङका स्वकिय सचिब निर्मल बन्जाराले बताए ।
बिगत लामो समयदेखि समस्यामा रहेका स्थानीयबासीहरुलाई उक्त पुलहरु निर्माण हुंदा ठूलो राहत मिल्ने मेलम्ची वडा नं ६ र ७ का वडा अध्यक्षहरु जितराज थापा र ज्ञानेन्द्र श्रेष्ठले बताए ।