असार १६, चौतारा ।
चौतारा साँगाचोकगढि नगरपािलकाले अन्तरजातीय विवाह गर्ने २ जोडिलाई नगद सहित सम्मान गरेको छ ।
चौतारा सागाचोकगढी नगरपालिकाको सहयोग र नगर स्तरीय दलित समन्वय समितिको आयोजनामा दलित, गैह्र दलित अन्तरघुलन तथा दलित सहिद परिवार सम्मान कार्यक्रमको बिच नगरपालिकाले सो २ जोडिलाई ५/५ हजार नगद सहित सम्मान गरेको हो ।
दलित समुदायबाट सहिद हुनुहुने सहिद परिवारजन र अन्तरजातीय बिबाह गरेका नव दम्पतिहरुलाई रु ५/५ हजार सहित सम्मान र प्रोत्साहन गरिएको नगरप्रमुखका स्वकिय सचिव रोहित शर्माले जानकारी दिनुभयो।
नगर प्रमुख अमान सिं तामाङको प्रमुख आतिथ्यता तथा नगर उप प्रमुख जानुका पराजुलीको बिशेष आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा २ नवजोडि र ३ दलित सहिद परिवारलाई नगरप्रमुख तामाङले सम्मान गर्नुभएको हो ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख तामाङले जातिय विभेद सामाजिक अपराध रहेको र यसले सिङ्गो मानव सभ्यता लाई कलङ्गित बनाएको बताउनु भयो दलित समुदाय को आर्थिक सामाजिक शैक्षिक अवस्था लाई उत्थान गर्न नगरपालिकाले बिशेष प्राथमिकता को आधारमा कार्य गर्दै आएको कुरामा जोड दिनु भयो ।
छुवाछुत मुक्त नगर घोषण भैसकेको स्मरण गर्दै तामाङ ले बिभेद, छुवाछूत जन्य व्यबहार गर्ने जो कसैलाइ कडा सजाँय हुनुपर्नेमा जोड दिँदै आफू सदैव उत्पीडित समुदायको पक्षमा रहेको बताउनुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका युवा नेता गणेश बिक, सागर परियार, ललित श्रेष्ठ, हरि बिक लगाएतको उपस्थित रहेको थियो ।