चौतारा, साउन ८ ।
अन्र्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लबको सन्तान सिन्धुपाल्चोक चौतारामा समेत फैलिएको छ ।
लायन्स क्लब अफ काठमाडौ स्मार्ट सिटिको स्पोन्सर र ग्रिन सिटिको को–स्पोन्सरमा चौतारामा लायन्स क्लब अफ काठमाडौँ चौतारा सिटि स्थापना भएको हो । सो क्लबको बोर्ड अध्यक्षमा लायन अर्जुन शर्मा सर्बसम्मतले चयन भएका छन् ।
बिगत १ बर्ष अगि लायन्स क्लब अफ काठमाडौँ स्मार्ट सिटिको सदस्य बनेका लायन शर्मा हाल सो क्लबबाट ट्रान्सफर भई चौतारा सिटिका अध्यक्ष बनेका हुन् ।
अध्यक्षमा शर्मा सँगै प्रथम उपाध्यक्षमा कृष्ण गोपाल श्रेष्ठ, द्धित्तिय उपाध्यक्षमा रामबहादुर घले, सचिवमा रिना श्रेष्ठ सहसचिवमा कुसुम कर्मचार्य, कोषध्यक्षमा मिना थापा सह– कोषाध्यक्षमा लक्ष्मी बस्नेत चयन भएका छन् ।
यस्तै क्लबको बरिष्ठ सल्लाहाकार नरमान श्रेष्ठ, क्लबको डाइरेक्टर रोहित शर्मा र नविन प्रदान, मेम्मरसिप चेयरपर्शन राककृष्ण पराजुली, एल सि आइ एफ कोर्डिनेटर हरिकुमार श्रेष्ठ, सर्भिस चियरपर्सन सन्देश श्रेष्ठ र मार्केटिङ अफिसरमा लक्ष्मी श्रेष्ठ सर्बसम्मतले चयन भएका छन् ।
क्लबको शुक्रबार नै क्लबको वोर्ड गठन सँगै नयाँ सदस्यहरुलाई अभिमुखिकरण कार्यक्रम समेत संचालन गरेको छ । लायन्स क्लबको इतिहास, बिधि बिधान र पछिल्लो अबस्थाको बारेमा क्लबका सदस्यहरुलाई १ दिने अभिमुखिकरण गरिएको हो ।
सो अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष नरमान श्रेष्ठले समाजमा केहि नयाँ कार्य गर्न जोस र जागरका साथ सामाजिक कार्यमा लागेका सबैलाई निरन्तरता दिन समेत अनुरोध गरेका छन् ।
उनले लायन्स क्लबको प्रशंसा गर्दै स्थानीय सरकार क्लबसँग सहकार्य गरेर बिभिन्न कार्यक्रम संचालन गर्न तयार रहेको समेत बताएका छन् ।
सो अभिमुखिकरण कार्यक्रममा लायन जि एल टि मल्टिपल कोर्डिनेटर शम्भुप्रसाद घिमिरे, पुर्व डिस्ट्रिक गर्भनर मधुकर उपाध्याय, हंगर चिफ संगिता सिलवाल, लयन कोडिनेटर इन्द्रबहादुर कार्की लगायतले लायन्स क्लबको बारेमा स्पष्ट पारेका थिए ।
लायन्स क्लब अफ काठमाडौँ स्मार्ट सिटिका प्रेसिडेन्ट संगिता शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बिभिन्न सामाजिक संघसंस्थामा आबद्ध सामाजिक अभियान्ताहरुको समेत उपस्थिती रहेको थियो । सो क्लब खोल्न लायन राजेश हिमालयले सहयोग गरेका थिए ।
अमेरिकाको सिकाको सहरबाट शुरु भएको लायन्स क्लब हाल २ सय १६ देशमा फैलिसकेको छ भने नेपालमा मात्रै ४० हजार भन्दा धेरै सामाजिक अभियान्ताहरु यस क्लबमा आबद्ध रहेका छन् ।