चौतारा, साउन ११ ।
नेकपा माओवादि केन्द्रले मेलम्ची, हेलम्बु र पाँचपोखरीका बाढी प्रभावितलाई आर्थिक सहयोग गरेको छ ।
नेकपा माओवादि केन्द्र बागमती प्रदेश कमिटीले हेलम्बु र मेलम्ची नपालिकालाई २३ लाख २९ हजार नौ सय ९९ का दरले सहयोग गरेको हो ।
त्यस्तै केन्द्रले पाँचपोखरी गाँउपालिकालाई भने २० लाख २९ हजार नौ सय ९९ रकम सहयोग गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द) बागमती प्रदेश कमिटीको समन्वयमा प्रदेश भित्र माओवादी कन्द्रले नतृत्व गरेका स्थानिय तहहरुबाट संकलन गरि पहिरो पीडितको व्यवस्थापन एवं पुनस्थापनाको लागि सहयोग गरेको हो ।
बाढी पहिरो व्यवस्थापन र पुर्ननिर्माण कार्यमा माओबादी केन्द्रले शुरुको दिनदेखी नै स्थानिय सरकारहरु संग समन्वय गर्दै आएको माओवादी केन्द्रका युवा नेता माधव सापकोटा सुवोधले बताए ।