चौतारा, साउन २१ ।
सिन्धुपाल्चोक जिल्लामा पासपोर्ट बनाउन आएका अधिकांशले सूचना तथा परामर्श सेवा लिने गरेका छन् । गत आव २०७७।०७८ सालमा मात्रै पासपोर्ट बनाउन आउने ७६ प्रतिशत मानिसहरूले सो निःशुल्क परामर्श सेवा लिएका छन् ।
वैदेशिक रोजगारमा जाँदा हुने ठगी तथा अन्य समस्यामा पर्न सक्ने उच्च जोखिम भएका महिला तथा पुरुषहरूलाई यस केन्द्रले आवश्यकता अनुसारको परामर्श दिने गरेको आप्रवासी स्रोत केन्द्रका जिल्ला संयोजक अरुण पौडेलले बताए ।
विशेष गरी वैदेशिक रोजगारी र त्यसमा पनि खाडी मुलुकमा जाने सोच बनाएकाहरू सूचना तथा परामर्श सेवा लिनको लागि आउने गरेका उनले बताए ।
आप्रवासी स्रोत केन्द्रसँगै स्विस सरकार र नेपाल सरकारको द्धिपक्षिय सम्झौता अनुरूप श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मार्फत प्राप्त भएको सशर्त बजेट सामी÷हेल्भेटासको प्राविधिक सहयोगमा सिन्धुपाल्चोक जिल्लाको ४ वट स्थानीय तहहरूमा कार्यक्रमहरू सञ्चालन भएका छन् ।
सिन्धुपाल्चोक जिल्लाका चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रविसे नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाको प्रत्यक्ष नेतृत्वमा कार्यक्रम सञ्चालन भइरहेको छ ।
सो परियोजनाले बिषेशतः वैदेशिक रोजगारीमा जान चाहने महिला तथा पुरुषहरूलाई सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सूचनामा पहुँच, न्यायमा पहुँच र सिपमा पहुँच अभिवृद्धि गर्ने गरेको जिल्ला संयोजक अरुण पौडेलले बताए ।
वैदेशिक रोजगारीका कारण नेपाली समाजमा विभिन्न किसिमका विकृति जन्य घटनाहरू सिर्जना हुन नदिन समेत सो परियोजनाले कार्य गरिरहेको छ ।
पारिवारिक बेमेल, परिवारको उचित व्यवस्थापनको अभाव, ऋणको भार, विदेशमा सोचे अनुसारको काम र कमाई नहुनु, दोस्रो विवाह तथा अन्य पारिवारिक समस्याका कारण परिवार खण्डित हुँदै जाने अवस्था सिर्जना भएको छ । अतः यस किसिमका समस्या समाधानको लागि यस कार्यक्रमले पूर्ण गोपनीयताका साथ आप्रवासी कामदार र उनका परिवारहरूका लागि व्यक्तिगत तथा सामूहिक मनोसामाजिक परामर्श सेवा सञ्चालन समेत गर्दै आइरहेको छ ।
यस्तै सो कार्यक्रमले स्थानीय तहमा कार्यरत बितिए साक्षरता सहजकर्ताहरुको क्षमता विकास तथा प्रभावकारी कक्षा सञ्चालनका लागि आवश्यक प्राविधिक सहयोग गर्दै समेत गर्दै आइरहेको छ ।
आ.ब.२०७७÷०७८ मा कार्यक्रम सञ्चालित ४ वटै स्थानीय तहमा ४÷४ वटा बित्तिय साक्षरता समूह गठन गरी कक्षा सञ्चालन गर्ने कार्यक्रम रहेको थियो । समूह गठन गर्न सकिएको भएता पनि कोभिड १९ को महामारी पश्चात् कक्षा सञ्चालन गर्न नसकिएको जिल्ला संयोजक अरुण पौडेलले बताए ।
सामी÷रोजगार प्रर्बद्धन कार्यक्रमले रोजगारीको सिलसिलामा विदेशमा कम्तीमा २ वर्ष काम गरी नेपाल फर्केका र पुनः रोजगारीका लागि विदेश नजाने निर्णय लिएका व्यक्तिहरूलाई रिटर्नी स्वयंसेवकको रूपमा परिचालन गर्दै आइरहेको छ ।
सिन्धुपाल्चोक जिल्लामा सामी÷रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालन भएका ४ वटै स्थानीय तहमा ३÷३ जना रिटर्नीहरुलाई स्वयंसेवकको रूपमा परिचालन गरिरहेको छ । विशेष गरी रिटर्नी स्वयंसेवकहरूले वैदेशिक रोजगारीको लागि विदेश जान चाहने युवाहरूलाई समुदायमा भेटी आफ्ना अनुभवहरू बताउने वा सुनाउने छन् ।
साथै विदेशमा गर्नुपर्ने काम, अपनाउनु पर्ने सावधानी, पूरा गर्नुपर्ने कानुनी प्रक्रिया, ध्यान दिनुपर्ने कुराहरू, वैदेशिक रोजगारीका लागि आवश्यक पर्ने लागत र वैदेशिक रोजगारीको सिलसिलामा स्वदेश तथा विदेशमा विभिन्न किसिमका समस्यामा परेका व्यक्तिहरूलाई न्यायको लागि आवश्यक सहयोग गर्न जिल्ला स्थिति आप्रवासी श्रोत केन्द्रमा सम्पर्क र समन्वय गराउने छन् ।
रिटर्नी स्वयंसेवकले यस आर्थिक वर्षमा मात्रै ७ सय ५३ जना महिला र ८ सय १ पुरुष गरी जम्मा १ हजार ५ सय ५४ जनालाई नयाँ सुचना प्रदान गरेका छन् भने १ सय ६९ जना महिला र १ सय ७० पुरुष गरी जम्मा ३ सय ३९ जनालाई फलोअपमा सूचना प्रदान गरिरहेका छन् ।
दूर दराजमा रहेका समुदाय तहसम्म सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सूचना पु¥याउने उद्देश्यका साथ यस कार्यक्रमले रेडियोसँग सहकार्य समेत गरिरहेको छ । सो कार्यक्रमले रेडियोबाट सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी रेडियो सूचना तथा साप्ताहिक रूपमा रेडियो कार्यक्रम उत्पादन र प्रसारण गर्दै आइरहेको छ ।