चौतारा, साउन २४ ।
कोरोना पोजेटिभ भइ उपचाररत चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नं. ५ चौताराका एक पुरुषको मृत्यु भएको छ ।
एक साताबाट कोरोना पोजेटिभ भई चौतारा अस्पतालमा उपचाररत ५४ बर्षिय पुरुषको आइतबार बिहान ४ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयका बरिस्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए ।
शरिरमा अक्सिजनको लेबल निकै कम रहेकोले उनको हाई फ्लोमा अक्सिजन दिएर उपचार भइरहेको थियो तर कृतिम अक्सिजनले पनि काम गर्न छाडेपछि उनको मृत्यु भएको अस्पतालले जानाएको छ ।
सिन्धुपाल्चोकमा जिल्लामा नै पछिल्लो १ महिना यता कोरोनाका कारण कुनै मृत्युु भएको थिएन् ।