चौतारा, साउन ३० ।
सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो संघको नेतृत्व पुनः प्रेम भण्डारीले पाएका छन् । शनिबार सिन्धुपाल्चोकको सुकुटेमा सम्पन्न संघको तेस्रो अधिवेशनबाट भण्डारी पुन अध्यक्षमा निर्वाचित भएका हुन् ।
<span;>सुकुटेको भोटेकोसी रिसोर्टमा भएको निर्वाचनमा प्रतिद्वन्द्वी रोहिन्द्र विक्रम खड्कालाई ठुलो मतान्तरले पछि पार्दै भण्डारीले नेतृत्व पाएका हुन् ।
कुल २९ मतदाता रहेको संघमा २८ मत खसेको थियो । जसमध्ये भण्डारीले २० मत पाउँदा खड्काले ८ मतमा चित्त बुझाउनुपर्यो । अध्यक्ष सहित ५ सदस्य को भएको निर्वाचनमा सागर सेन्चुरी, सुवास तामाङ , नमिता चौलागाईं , इश्वर भण्डारी र जयसजंग कुँवर निर्वाचित भए ।
संघको उपाध्यक्षमा गंगा तामाङ , सचिवमा सुशील भुजेल र कोषाध्यक्षमा भने सोनि लामा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै संघको उपाध्यक्ष पदमै रामचन्द्र कार्कि र सदस्य पदमा रमेश गुरुङ मनोनीत भएका छन् ।
नेपाली काँग्रेस , सिन्धुपाल्चोक क्षेत्र नंं १ का सभापति बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनमा खेल क्षेत्रको लागि आफु र आफ्नो पार्टीले सकेको सहयोग गर्दै आएको र थप सहयोग गर्ने समेत बस्नेतले बताए ।
खेलाडीहरु अनुशासीत भएर खेल क्षेत्रमा लाग्नुपर्ने समेत उनले बताए ।
कार्यक्रममा सुनकोसी गाँउपालिकाका अध्यक्ष श्रवण कुमार जिसिले आफू पनि तेक्वान्दो खेलाडी भएको र खेलाडी भएकै कारण आफुले निर्वाचन जितेको समेत बताए ।
आफ्नो पालिकाबाट जुनसुकै खेलमा पालिकाबाहिर खेल खेल्न जाने खेलाडीलाई आफुले सहयोग गर्दै आएको र खेल जितेर आउने खेलाडीलाई प्रोत्साहन स्वरुप २५ हजार रुपैयाँ दिने समेत बताए ।