चौतारा, भाद्र ३ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिध्यार्थी यूनियन (क्रान्तिकारी) चौतारा बहुमुखी क्यम्पसको अध्यक्षमा रोशन भुजेल निर्वाचित भएका छन् ।
अखिल क्रान्तिकारी क्याम्पस कमिटीको पाँचौ सम्मेलनबाट अध्यक्षमा भुजेल सहित उपाध्यक्षमा अमृत श्रेष्ठ, मन्जित तामाङ र निशा घिमिरे, सचिवमा रश्मिला खत्री, सहसचिवमा बिनोद नेपाली, दिनेश श्रेष्ठ र बिनिता श्रेष्ठ, कोषाध्यक्षमा मनिका बिक निर्वाचित भएकी छन् ।
यसैगरि सदस्यहरुमा शिबहरी कार्की, सुदिप खत्री, दुर्गा कार्की, मुना तामाङ, सृजना उदास, अस्मिता आचार्य, मनिका दाहाल, सुष्मिता श्रेष्ठ, उदिषा श्रेष्ठ, सरस्वती नेपाल, संगिता श्रेष्ठ, युवराज श्रेष्ठ, सुकुला बस्नेत, निरुता बस्नेत र रश्मि श्रेष्ठ श्रेष्ठ निर्वाचित भएका छन् ।
इकाई कमिटिको सम्मेलनको सम्बोधन गर्न पुगेका अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष मिलन लामाले राजनैतिक ज्ञान सबै बिध्यार्थीमा अपरिहार्य रहेको बताए ।
देशको शैक्षिक अवस्था उकास्नको लागि अपरिहार्य भुमिका खेलिरहेको अखिल क्रान्तिकारीले चौतारा बहुमुखी क्याम्पसमा शैक्षिक सुधारको लागि उल्लेख्य भुमिका निर्वाह गरेको स्मरण गराएका थिए ।
सम्मेलनमा अखिल क्रान्तिकारी जिल्ला आयोजक कमिटि सदस्य क्षितिज तामाङ, बेली दुलाल, हरि पौडेल, अर्जुन शर्मा लगायतकोले नयाँ कमिटीलाई थप सफलता सहितको शुभकामना व्यक्त गरेका थिए ।
क्यम्पस कमिटि अध्यक्ष प्रविण चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा १०० जना बिध्यार्थीको सहभागिता रहेको थियो ।