चौतारा, भाद्र ७ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिध्यार्थी यूनियन (क्रान्तिकारी) चौतारा साँगाचोकगढी नगरपालिकाका अध्यक्षमा प्रल्हाद बिश्वकर्मा निर्वाचित भएका छन् ।
अखिल क्रान्तिकारी नगरपालिकाको दोस्रो सम्मेलनबाट अध्यक्षमा बि.क. सहित उपाध्यक्षमा रबिन सापकोटा र शोभा घोरासैनीे, सचिवमा अमृत श्रेष्ठ, सहसचिवमा शुर्दसन अर्याल र सिर्जना घोरासैनी र कोषाध्यक्षमा सुप्रिन्स कसजु निर्वाचित भएका छन् ।
७ जना पदाधिकारी सहित ३५ सदस्यिय नगर कमिटि गठन भएको नवनिर्वाचित अध्यक्ष प्रल्हाद विकले जानकारी दिए । उनले भने सम्मेलनले ६ वटा बिभाग समेत गठन गरेको छ ।
अखिल क्रान्तिकारी नगर कमिटि अध्यक्ष अर्जुन शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण प्रसाद सापकोटाको, नरगपालिका प्रमुख तथा नेकपा माओवादी केन्द्रकाका प्रदेश सल्लाहाकार अमान सिं तामाङ लगायत नेकपा माओवादी केन्द्रका जिल्ला तथा नगरपालिका तहका नेताहरुको उपस्थिति रहेको थियो ।