चौतारा, भाद्र ८ ।
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा रहेको चौतारा बहुमुखी क्याम्पस २१ औं बर्षमा प्रवेश गरेको छ ।
२०५६ भाद्र ८ गते स्थापना भएको जिल्लाको पुरानो क्याम्पसमा २०७५ सालदेखि शिक्षा सास्त्र संकाय नेपाली र अंग्रेजीमा स्नातकोत्तर समेत शुरु भएको छ ।
कोरोना माहामारीको बिचमा सामान्य रुपमा मनाएको औपचारीक कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढि नगरपालिका वडा नं। ५ का अध्यक्ष नरमान श्रेष्ठले कोरोनाको खोप लगाएर कक्षा संचालन गर्नुपर्ने बताए ।
भौतिक रुपमा नै कक्षा संचालन गर्नपनि धेरै जटिल नरहेको बताउदै उनले आगामी दिनमा बिध्यार्थीलाई खोप लगाएर कक्षा संचालन गर्न पहल गर्ने समेत बताए ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज श्रेष्ठको अध्यक्षता सम्पन्न कार्यक्रममा क्याम्पसले प्रकाशन गरेको सिएमसि जनरल र क्याम्पसका उपप्राध्यापक शिवराज पौडेलले लेखेका अन्तर्राष्ट्रिय जनरल अर्टिकलको बिमोचन सहित लेखक पौडेललाई सम्मान समेत गरिएको छ ।
कोरोना माहामारीमा नेपालमा टेक्नोलोजीको प्रयोग गरेर अध्ययन गराउदा भएका असर र जटिलताको बिषय समेटिएको सो जनरलले अन्तरास्ट्रिय मान्यता पाएको थियो ।
क्याम्पसले गरेको सम्मानले थप हौसला प्राप्त भएको जनरलका लेखक शिबराज पौडेलले बताए । हालको आवश्यकता अनुसन्धान बेशको जमाना रहेको हुँदा आफुले अनुसन्धान गरेर सो जनरल लेखेको र सो लेख उत्कृष्ट भएकोमा सम्पुर्ण क्याम्पस टिमलाई श्रेय जाने समेत बताए ।
वार्षिकोत्सव कार्यक्रममा क्याम्पस प्रमुख नगेन्द्र दंगालले क्याम्पसले गत साल गरेका कार्यक्रम र आगामी योजना समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो कार्यक्रममा क्याम्पस संचालक समिति सदस्य तथा नगरपािलका वडा नं।९ का अध्यक्ष बिष्णु लामा, दिनेश राम्जी प्राबिधिक बिध्यालयका प्रमुख रामचन्द्र दाहाल, क्याम्पस संचालक समितिका सदस्य नेत्र प्रसाद दंगाल, सल्लाहाकार समिति सदस्य मिनादेवि श्रेष्ठ, क्याम्पस स्ववियु सभापति मिलन लामा सहित प्रध्यापक र बिध्यार्थीहरुको उपस्थित रहेको थियो ।
क्याम्पसका सहायक प्रमुख डम्बर बहादुर श्रेष्ठले संचालन गरेको कार्यक्रममा क्याम्पसका उपप्राध्यापक जगतमणि स्वतिले स्वागत मन्तव्य राखेको थिए ।