चौतारा, भदौ १४ ।
अखिल (क्रान्तिकारी) बाह्रबिसे नगपालिकाको अध्यक्षमा गणेश प्रधान चयन भएका छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) नगरपालिकाको सोमबार सम्पन्न दोस्रो सम्मेलनले अध्यक्षमा प्रधान सहित ३५ सदस्यिय नगर कमिटि गठन गरेको हो ।
दोस्रो सम्मेलन कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य सरल सहयात्री पौडेलले माओवादी केन्द्रले ल्याएको व्यवस्था जोगाइराख्न आजको आवश्यकता रहेको बताएका छन् । पछिल्लो समयमा सरकारले शिक्षा क्षेत्रमा पर्याप्त लगानि गर्न नसकेको समेत उनले बताएका छन्।
उनले निशुल्क र गुणस्तिरिय शिक्षा प्रदान गर्न तिनै सरकार अग्रसर भएर लाग्नुपर्ने बताए । उनले भने शिक्षा देश बिकासको मेरुदण्ड हो शिक्षामा उपयुक्त लगानी गर्न सके सकेमात्र देशको विकास हुन्छ ।
कार्यक्रममा पार्टीको जिल्ला तथा नगर कमिटीमा नेताहरु सहित जिल्ला तहका अखिल क्रान्तिकारीका नेताहरुको उपस्थिति रहेको थियो ।