चौतारा, भाद्र २२ ।
चौतारा साँगाचोकगढी नगरपालिकाले निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ ।
सहयात्रा राष्ट्रका लागी युवा ९युथ फर नेशन० को प्राविधिक सहयोग र नगरपालिकाको आयोजनमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको हो ।
मङ्गलवार चौतारा साँगाचोकगढी नगरपालिका वडा नं। ७ मेलचौर स्थित सामुदायिक भवनमा सञ्चालन भएको सो शिविरमा ४ सय ५४ जनाले सेवा लिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शिव पुरीले जानकारी दिए ।
शिविरमा स्त्रीरोग सम्बन्धी समस्या भएका २५० जना, दन्त रोग सम्बन्धी १५० जना, आँखा रोग सम्बन्धी २१० जना, नाक कान घाँटीको समस्या भएका ७८ जना र मानसिक स्वास्थ्यमा समस्या भएका २२ जनाले निःशुल्क परीक्षण गराएका छन् ।
यसै गरी फिजियोथेरापी सेवा लिने ५१ जना, हाड जोर्नी नसा सम्बन्धी समस्या भएका १५० जना, बाल रोग सम्बन्धी १५ जना, सर्जिकल सम्बन्धि ५८ जनाले सो शिविरबाट सेवा लिएका स्वास्थ्य शाखा प्रमुख पुरीले जानकारी दिए ।
जटिल स्त्रीरोगबाट ग्रसित १८ जना महिलालाई थप उपचारको लागि रेफर गरिएको समेत उनले जानकारी दिए । एकैजनाले ३÷४ थरिका सेवा लिएकोले जम्मा सङ्ख्या भन्दा छुट्टाइएको सङ्ख्या बढी देखिएको स्वास्थ्य शाखा प्रमुख शिव पुरीले जानकारी दिए ।