चौतारा,आश्विन १ ।
अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लबको सन्तानको रूपमा सिन्धुपाल्चोकको चौतारामा स्थापना भएको लायन्स क्लब अफ काठमाडौँ चौतारा सिटिले क्लब स्थापनाको आधिकारिकता प्राप्त गरेको छ ।
लायन्स क्लब अफ काठमाडौँ स्मार्ट सिटीको स्पोन्सर र ग्रिन सिटीको को–स्पोन्सरमा स्थापना भएको सो क्लबलाई लायन्स क्लब ३२५ ए २ का डिट्रिक गभर्नर केशव पाण्डेले सो क्लबले आधिकारिकता पाएको बताएका हुन् ।
शुक्रवार क्लबले गरेको चार्टर प्रीजेन्टेसन तथा पदस्थापन कार्यक्रममा गभर्नर पाण्डेले क्लबका सम्पूर्ण सदस्यहरूलाई शपथ ग्रहण समेत गराएका छन् । उनले लायन्स क्लब अन्तर्राष्ट्रिय नियममा बाँध्नको लागि शपथ ग्रहण गराएका हुन् । यस्तै उनले लायन्स क्लबका सम्पूर्ण सदस्यहरूलाई प्रमाणपत्र समेत हस्तान्तरण गरेका छन् ।
चार्टर प्रीजेन्टेसन तथा पदस्थापनमा बोल्दै गभर्नर पाण्डेले लायन्स क्लबको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय थिमलाई आत्मासाथ गर्दै कार्यक्रमहरू सञ्चालन गर्न समेत आग्रह गरेका छन् । यस लायन्स क्लब दिन दुखिको साहरा बनोस् भन्ने कामना गर्दछु र यस क्लबले पक्कै पनि सिन्धुपाल्चोकमा एउटा इतिहास रच्नेछ उनले भने ।
सो पदस्थापन कार्यक्रममा बोल्दै चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख जानुका पराजुलीले समाजमा केही नयाँ कार्य गर्न जोस र जागरका साथ सामाजिक कार्यमा लागेका सो क्लबको लागि नगरपालिकाले साथ र सहयोग गर्ने प्रतिबद्धता गरेकी छिन् । उनले क्लबमा आबद्ध सबैलाई सामाजिक कार्यमा निरन्तरता दिन समेत अनुरोध गरेका छिन् ।
लायन अर्जुन शर्माको अध्यक्षतामा रहेको सो क्लबमा प्रथम उपाध्यक्षमा कृष्ण गोपाल श्रेष्ठ, द्धित्तिय उपाध्यक्षमा रामबहादुर घले, सचिवमा मिना थापा सहसचिवमा कुसुम कर्मचार्य, कोषाध्यक्षमा सुजता सापकोटा, सह– कोषाध्यक्षमा लक्ष्मी बस्नेत रहेकी छन् ।
यस्तै क्लबको वरिष्ठ सल्लाहकारमा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं। ५का वडाध्यक्ष नरमान श्रेष्ठ, कल्पना श्रेष्ठ र राजेन्द्र श्रेष्ठ रहेका छन् । क्लबको डाइरेक्टरमा रोहित शर्मा र नवीन प्रदान, मेम्मरसिप चेयरपर्शन रामकृष्ण पराजुली, एल सी आइ एफ कोर्डिनेटर केदार दुलाल, सर्भिस चियरपर्सनमा सन्देश श्रेष्ठ र मार्केटिङ अफिसरमा लक्ष्मी श्रेष्ठ रहेको क्लबका सचिव मिना थापाले जानकारी दिइन् ।
यस्तै सदस्यहरूमा पवन सापकोटा,राकेश श्रेष्ठ, उद्धव अधिकारी, नवराज दाहाल, बिकास अधिकारी रहेका छन् । लायन्स क्लब अफ काठमाडौँ स्मार्ट सिटिका प्रेसिडेन्ट संगिता शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बिभिन्न सामाजिक संघसंस्थामा आबद्ध सामाजिक अभियान्ताहरुको समेत उपस्थिति रहेको थियो ।
अमेरिकाको सिकाको सहरबाट सुरु भएको लायन्स क्लब हाल २ सय १६ देशमा फैलिसकेको छ भने नेपालमा मात्रै ४५ हजार भन्दा धेरै सामाजिक अभियान्ताहरु यस क्लबमा आबद्ध रहेका छन् ।