चौतारा ।
नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा भोली शनिबार हुने भनिएको गाउँपालिका र नगरपालिकाको अधिवेशन स्थगित भएको छ ।
शुक्रबार जिल्ला निर्वाचन अधिकृत छविरमण निरौलाले एक सूचना निकाल्दै अधिवेशन स्थगित भएको जानकारी गराएका छन् ।
बिबिध प्राविधिक कारणले गर्दा निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत निरौलाले जानकारी दिए । शनिबारको अधिवेशन स्थगित भएपनि निर्वाचनको अर्को मिति भने तय भएको छैन् ।