चौतारा, असोज १५।
बागमती प्रदेशसभा सदस्य एवम् पूर्व सामाजिक विकास मन्त्री युवराज दुलालले समृद्धिको लागी हरेक नागरिकलाई सहकारीमा आबद्ध गराउनुपर्ने बताएका छन्
शुक्रबार चौतारा साँगाचोकगढी नगरपालिका– ७ मा रहेको मैत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारणसभामालाई सम्बोधन गर्दै दुलालले सो कुरा बताएका हुन् ।
‘देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारी क्षेत्रको समग्र विकास गर्न नयाँ कार्यक्रम र योजना अघि बढाउन जरुरी रहेको समेत दुलालले उदघोष गरेका छन् ।
कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले एक घर एक सहकारी नगरको लक्ष्य रहेको बताएका छन् । सहकारीमा आबद्ध नागरिकले उत्पादन गरेका कृषि उपजहरुको बजारिकरण गर्न नगरले सहयोग गर्ने बताए ।
साधारणसभामा चालु आब.को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष बालकृष्ण लामिछानेले ७ करोड ३४ लाख ५ हजार ४ सय २६ रुपैंया आम्दानी गरेको बताए ।
आम्दानी अन्र्तगत ६ करोड ८१ लाख ९ हजार ५ सय ६५ रुपैंया कर्जा लगानी ब्याजबाट, ५ लाख १४ हजार ४ सय ११ रुपैंया सञ्चालन आम्दानीबाट, ४ हजार ८ सय श्रपैंया खाताबन्द तथा फर्म शुल्कबाट र अन्य आम्दानीबाट ६ हजार ६ सय ५० रुपैंया रहेको बताए । सहकारीले ३ करोड २४ लाख ३ हजार ३ सय ३९ रुपैंया खर्च गरी ४ करोड १० लाख २ हजार ३७ रुपैंया कुल आम्दानी गरेको छ । सहकारीले चालु वर्षमा ९ करोड ४३ लाख १० हजार रुपैंया आम्दानी गर्ने प्रक्षेपण गरेको छ ।
सहकारीमा ५ सय ६० जना शेयर सदस्यहरु रहेका छन् । गतवर्ष भन्दा सहकारीले ३० दशमलव ६२ प्रतिशतले निक्षेप दायित्व बृद्धि गर्न सफल भएको सहकारीका कोषाध्यक्ष जगतप्रसाद चौलागाईंले बताए । उनका अनुसार सहकारीले गतवर्ष ३ करोड ३२ लाख २ हजार १ सय ५० रुपैंया निक्षेप दायित्व रहेको थियो ।
साधारणसभालाई चौतारा साँगाचोकगढी नगरपालिका– ७ का वडा अध्यक्ष उमाप्रसाद दुलाल, नेपाल पत्रकार महासंघ सिन्धु शाखाका अध्यक्ष जीवन श्रेष्ठ, इन्सेक प्रतिनिधि नातिबाबु धिताल, सिद्धिगणेश माविका प्रधानाध्यापक राजकुमार यादव, सिएमए संघका केदारनाथ दुलाललगायतले शुभकामना व्यक्त गरेका थिए ।