गोमा खत्रि, पिपलडाँडा ।
चौतारा सागाचोकगढि नगरपालिका वडा न।६ ले विजया दशमी, शुभ दिपावलि तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा पिपलडाँडा दर्पण पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ।
शुभकामना आदान प्रदान तथा पिपलडाडा दर्पण पुस्तक लोकार्पण कार्यक्रम आज शनिवार पूर्व कानुन मन्त्री तथा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य शेरबहादुर तामाङको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको हो।
पिपलडाँडा दर्पण पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै प्रमुख अतिथि तामाङले ६ नम्बर वडाको विकासको लागि खानेपानि तथा सडक सञ्जालको योजनाहरूका कार्य अघि बढिरहेको बताए ।
सडकलाई स्तर उन्नतिको लागि विशेष चासोका साथ लिएको बताउँदै सबै नेपालीको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना सहितको शुभकामना मन्तव्य राख्दै विकास निर्माणमा युवा पुस्ताको भूमिका महत्त्वपूर्ण रहेको तामाङले बताए ।
शुभकामना मन्तव्य राख्दै कार्यक्रमका विशेष अतिथि तथा चौतारा साँगाचोकगढि नगरपालिकाका मेयर अमानसिङ तामाङले आफ्नो नगर समृद्ध बनाउनका निमित्त सबै एकजुट भई विकास निर्माण कार्यमा जुट्नु पर्ने बताए।
कार्यक्रममा पूर्व सांसद तथा नेकपा एमालेका नेता सुभाष कर्माचार्य, जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, उपप्रमुख बालकुमारी सापकोटा, चौतारा साँगाचोकगढि नगरपालिकाका मेयर अमानसीङ तामाङ लगायतले शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा वडा न.६ का समाजसेवि तथा पूर्व पिपलडाँडा गाविस अध्यक्ष मोतीबहादुर खत्री र पिपलडाँडा दर्पण पुस्तकका सम्पादक अमित घिमिरेलाई सम्मान गरिएको थियो। प्रमुख अतिथि शेरबहादुर तामाङ र कार्यक्रमका विशेष अतिथि तथा चौतारा सागाचोकगढि नगरपालिकाका मेयर तामाङले सम्मानित व्यक्तित्वलाई दोसल्ला तथा सम्मान पत्र वितरण गर्दै सम्मान गरिएको थियो।
कार्यक्रम वडाका वडा अध्यक्ष तोकबहादुर तामाङको सभाध्यक्षयतामा सम्पन्न भएको थियो।