चौतारा, आश्विन २४ ।
क्यान्सर पीडित लक्ष्मीमाया श्रेष्ठ बचाउन माओवादी केन्द्रले २ लाख २७ हजार सङ्कलन गरेर पीडितलाई हस्तान्तरण गरेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ स्थायी ठेगाना भएकी लक्ष्मीमाया विगत १ वर्ष देखि क्यान्सर रोगबाट ग्रसित रहेकी थिइन् ।
उनलाई बचाउनको लागि माओवादी केन्द्र र पार्टीको भातृ सङ्गठन अखिल क्रान्तिकारीले श्रेष्ठ बचाउ अभियान सञ्चालन गरेर उपचार खर्च जुटाउन जुटेको थियो ।
सो अभियानको क्रममा सङ्कलन भएको उक्त रकम आज नेकपा माओवादी केन्द्र इर्खु वडा कमिटीका अध्यक्ष रामकृष्ण दङ्गाल र नेकपा माओवादी केन्द्र काठमाडौँ चौतारा नगर सम्पर्क मञ्चका अध्यक्ष कुमार श्रेष्ठले संयुक्त रूपमा श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
सो अभियानको क्रममा नेकपा माओवादी केन्द्र इर्खु को संयोजनमा १ लाख १६ हजार ६ सय तीन रुपैयाँ, अखिल क्रान्तिकारी चौतारा नगर कमिटीको संयोजनमा १९ हजार रुपैयाँ र नेकपा माओवादी काठमाडौँ इर्खु सम्पर्क मञ्चको संयोजनमा ५२ हजार ७ सय १७ रुपैयाँ सङ्कलन भएको नेकपा माओवादी केन्द्र इर्खु वडा कमिटीका अध्यक्ष रामकृष्ण दङ्गालले जानकारी दिए ।
यस्तै विभिन्न व्यक्तित्वहरू तथा संस्थाबाट ३८ हजार ८ सय ३ रुपैयाँ गरी २ लाख २७ हजार १ सय २३ रुपैयाँ रकम सङ्कलन भएको सो रकम आज हस्तान्तरण गरिएको समेत दंगालले जानकारी दिए ।
सो सहयोग संकलन अभियानको संयोजन नेकपा माओवादी केन्द्र इर्खु वडा कमिटी र सन्तोष दङ्गाल गरेका थिए ।