६ कात्तिक ,चौतारा ।
नेपाली काङग्रेस वडा कमिटी कुविण्डेले आयस्रोत कम भएका ८९ जनालाई न्यानो कपडा वितरण गरिएको छ ।
विजया दशमी तथा दिपावलीको अवसर पारेर चौतारा साँगाचोकगढी नगरपालिका ४ कुविण्डेका १३ जना पुरुष, ७४ जना महिला र २ बालबालिका गरी जम्मा ८९ जनालाई न्यानो कपडा वितरण गरिएको काङग्रेसका वडा नेता चन्द्रप्रसाद ढुङगानाले जानकारी दिए ।
स्थानीय समाजसेवी तथा नेपाली काङग्रेस कुविण्डेका वडा सभापति दुर्गावहादुर गिरी र स्थानीय समाजसेवी बुद्ध गिरीले संयुक्तरूपमा खरिद गरि ७० हजार बराबरको लगाउने कपडा वितरण गरिएको हो ।