चौतारा,२५ कात्तिक।
तीन दिनसम्म बन्धक बनाइ बालिकालाई जवर्जस्ती करणी गर्ने दुई जना युवक पक्राउ परेका छन् ।
जुगल गाँउपालिका ३, बोल्देकी बालिकालाई बन्दक बनाई तिन दिनसम्म जवर्जस्ती करणी गर्ने जुगल गाँउपालिका वडा नं. ३, बोल्देका २४ बर्षका समीर तामाङ र १९ बर्षका विशाल तामाङ प्रकाउ परेका हुन् ।
उनिहरुले गत कात्तिक २० गतेदेखि २२ गतेसम्म सोही स्थानकी चौतरा ङ (परिवर्तित नाम)लाई बोल्दे खर्कुमा रहेको टिनको टहरोमा बन्धक बनाई सामुहिक रुपमा जवरजस्ती करणी गरि छाडेका थिए ।
२० गतेबाट बन्दक बनाएका उनिहरुले पीडितलाई २३ गते बिहान छाडिदीएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
२३ गते बिहानै प्रहरीलाई सुचना प्राप्त भएपछि खटिएको इलाका प्रहरी कार्यालयको टोलीले सोही दिन उनिहरु दुवैजनालाइ पक्राउ गरेको हो ।