चौतारा, मंसिर ५ ।
नेकपा (माओवादी केन्द्र) चौतारा साँगाचोकगढि नगरपालिका वडा नं. ४ कुविण्डेको प्रथम वडा सम्मेलनले भरत सापकोटालाई अध्यक्षमा सर्वसम्मत चुनेको छ ।
आइतबार जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा देशबन्धुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वडा सम्मेलनले सापकोटालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
उक्त सम्मेलनबाट अध्यक्षमा भरत सापकोटा, उपाध्यक्षमा जय बहादुर श्रेष्ठ, सचिवमा रोहित शर्मा, सहसचिवमा प्रकाश नेपाल र कोषाध्यक्षमा होमादेवी श्रेष्ठ सहित २९ सदस्यिय नयाँ कार्य समिति निर्विरोध निर्वाचित भएका हुन् ।
जनयुद्धको उद्गम स्थल समेत रहेको कुविण्डे माओवादीको भोट बैंकको रुपमा रहेको छ ।