बाहुनेपाटी,६ मंसिर ।
सिन्धुपाल्चोकबाट काठमाडौं तर्फ गईरहेको हेलम्बु यातायातको जन्तीबसले मोटरसाइकल चालकलाई ठक्कर दिंदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।
मेलम्ची नगरपालिका ११, बाहुनेपाटी बजारमा भएको दुर्घटनामा मृत्यु हुनेमा नुवाकोट घर भइ हाल मेरो लघुवित्त वित्तीय संस्थामा कार्यरत कर्मचारी बासु बस्नेत रहेका छन् ।
आज बिहान करिब ८ बजे बा ४ ख ७७६६ नम्बरको बसले बा।प्र। ०२, ०२० प ८११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय , सिन्धुपाल्चोकका सुचना अधिकारी दक्षकुमार बस्नेतले बताए ।
बसको ठक्करबाट बस्नेतको मृत्यु भएपछि स्थानीयले बसमा तोडफोड गरेका छन् । बसका चालक भने फरार भएका छन् ।