चौतारा, पौष १० ।
चौतारा साँगाचोकगढी नगरपालिका ५ नं वडा कार्यालयको भवन शिलान्यास भएको छ ।
आज चौतारा साँगाचोकगढी नगरपालिका मेयर अमानसिं तामाङले भवनको सिलान्यास गरेका हुन् । सो वडा सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम समेत हो ।
६ महिना भित्र १ करोड ९६ लाख लागतमा निमार्ण सम्पन्न गर्ने गरी निमार्ण कम्पनीले काम सुरु गरेको वडा अध्यक्ष नरमान श्रेष्ठले बताए ।
सेवाग्राहीलाई प्रभावकारी सेवा दिने विषयलाई प्राथमिकता दिँदै १४ वटै वडामा व्यवस्थित भवनमा स्थापित कार्य जारी रहेको मेयर अमानसिं तामाङले बताए ।
कार्यक्रममा स्थानिय जनप्रतिनिधी, नागरिक समाज, टोल विकास संस्थाका प्रतिनिधि, पत्रकार तथा सर्बसाधारणहरुको सहभागिता रहेको थियो ।