१० पुस, चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिका -७, सानोसिरुवारीको श्री सिद्धीगणेश सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा विजय नेपाल निर्विरोध निर्वाचित भएका छन् ।
समुहको शनिबार सम्पन्न १९ ओैं साधारणसभाबाट नेपालको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको निवर्तमान अध्यक्ष टंकबहादुर श्रेष्ठले बताए ।
समुहको उपाध्यक्षमा नारायण नेपाल, सचिवमा यसोधा धिताल , कोषाध्यक्षमा महेश धिताल र सहसचिवमा कमला श्रेष्ठ चयन भएका छन् ।
वडाध्यक्ष उमाप्रसाद दुलालको प्रमुख आतिथ्यतामा भएको साधारणसभाले मिना नेपाल, रुपा घिमिरे , तारानाथ नेपाल, गोपाल विक, कृतिमाया दुलाल र राजेश श्रेष्ठ चयन भएका छन् ।