चौतारा, पौष ११ । नेकपा एमाले सिन्धुपाल्चोकका पुरानो नेता एवम् पूर्व सांसद् सुभाष कर्मचार्यद्वारा ओली नेतृत्वको नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् ।
आईतबार मध्यान्न कर्मचार्यले सामाजिक सञ्जाल मार्फत पार्टी परित्याग गरेको जनाएका हुन् । ‘नेपाल कम्युनिष्ट पार्टी एमाले सँगको ४० वर्ष भन्दा लामो राजनीतिक यात्रा समाप्त भएको घोषणा गर्दछु’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले एमाले परित्याग गरेको घोषणा गरेपछि एमाले भित्र ठूलै खैलाबैला मच्चिएको छ । उनको यो कार्यबारे सामाजिक सञ्जालाम मिश्रित प्रतिक्रिया आएका छन् ।