पुष १५, चौतारा।
सिन्धुपाल्चोकमा पहिलोपटक चौतारा साँगाचोकगढी नगरपालिका मेयर कप खुल्ला हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका नगर खेलकुद विकास समितिले विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै खुल्ला हाप म्याराथन पुस २४ गते शनिबार हुने जानकारी गराएको हो ।
चौतारा साँगाचोकगढी नगर खेलकुद विकास समितिले यसअघि पालिका स्तरिया खुल्ला फुटबल प्रतियोगिता, ‘बी’ डिभिजन स्तरीय खुल्ला फुटबल प्रतियोगिता र गत वर्ष राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेकोमा यस बर्ष भनेखुल्ला हाफ म्याराथन प्रतियोगिता आयोजना गर्न लागेको साँगाचोकगढी नगर खेलकुद विकास समितिका संयोजक गणेश श्रेष्ठले जानकारी दिए ।
खुल्ला हाफ म्याराथनमा पुरुष र महिला खुल्ला हाफ म्याराथन, ४०–५९ वर्ष सम्मको भेट्रान्स महिला र पुरुष ६० वर्षमाथिको सुपर भेट्रान्स र स्थानियबासीको महिला र पुरुष विधा समावेश गरिएको चौतारा साँगाचोकगढी नगर खेलकुद विकास समितिका सह–संयोजक अमृतमान श्रेष्ठले बताए ।
हाफ म्याराथन प्रतियोगिता २४ किलोमिटरको हुने छ । नगरपालिकाको १२ नं वडाको सांगाचोकगढी देखि मानेडाडा, जल्किने,ईर्खु ,चौतारा हुदै ब्याङ्रचेपानी पुगेर गौरती भिमसेन मन्दिर परीक्रमा गरी डुडिखेलमा आएपछि दुरी पुरा हुने सह–संयोजक श्रेष्ठले बताए । भेट्रान्सको तर्फको सबै इभेन्टभने ईर्खुबाट सुरु हुने र १५ किलोमिटरको हुने आयोजकले जनाएको छ ।
हाफ म्याराथनको पुरुष र महिलातर्फको विजेताले समान ४४ हजार ४ सय ४४ रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले २२ हजार २ सय २२, तेस्रो हुनेने ११ हजार १ सय ११ र चौथो हुनेले ५ हजार ५ सय ५५ रुपैया हात पार्नेछन् ।
४० देखि ५९ वर्षसम्मको भेट्रान्सको पुरुष र महिलाको दुवै विजेताले समान ९ हजार ९ सय ९९ रुपैया प्रात गर्नेछन् । दोस्रो हुनेले ५ हजार ५ सय ५५ रुपैयाँ र तेस्रो हुनेले ३ हजार ३ सय ३३ रुपैया प्राप्त गर्नेछ । सुपर भेट्रान्स ६० वर्षमाथिको विजेताले ५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछन् ।
स्थानिय महिला र पुरुष दुवै विजेताले ५ हजार ५ सय ५५ रुपैया, ट्रफी र मेडल प्राप्त गर्नेछन् । खेल अवधि भर खेलाडिहरुलाई लजिङ्ग, फुडिङ्गको ब्यवस्था आयोजकले गर्ने छ ।