पुष १५, चौतारा ।
नेकपा एमालेसँगको ४० वर्ष लामो आबद्धता त्यागेको घोषणा गरेका सिन्धुपाल्चोकका युवा नेता तथा पूर्वसांसद सुवास कर्माचार्यलाई नेकपा एकीकृत समाजवादीले केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।
नेकपा एसको सचिवालय बैठकले नेता कर्माचार्यलाई केन्द्रीय सदस्य मनोनीत गरेको हो । उनलाई अब बस्ने बैठकबाट पोलिटब्यूरो सदस्य बनाएर सिन्धुपाल्चोकको इन्चार्जको जिम्मेवारी दिने तयारी छ ।
नेकपा एमालेमा केन्द्रीय सदस्य नपाएपछि कर्माचार्यले विद्रोहको बाटो रोजेका थिए । उनको पार्टी प्रवेश कार्यक्रम भने केही पछि सिन्धुपाल्चोकमै हुने भएको छ ।