चौतारा,पुस १९ ।
सिन्धुपाल्चोक जिल्लाकै जेठो बिद्यालय श्रीकृष्ण रत्नगंगा माध्यमिक बिध्यादय चौताराको ७५ औ बार्षिकोत्सव तथा ५७ औ अभिभावक तथा पुर्व बिध्यार्थी समाजको आठौँ भेला सम्पन्न गरेको छ ।
उक्त समारोह आज वागमती प्रदेशका पूर्व समाजिक विकास मन्त्री तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य युवराज दुलाल शरदले उद्घाटन गर्नुभएको हो ।
सो समारोहको उदघाटन गर्न जिल्ला आइपुगेका पूर्वमन्त्री दूलालले शैक्षिक क्षेत्रको विकासका लागि योजनावद्ध रुपमा आफूले काम गर्ने प्रतिवद्धता जनाएका छन्।
उनले शिक्षा क्षेत्रको विकास नभई अरु कुनै क्षेत्रको विकास संम्भव नहुने भन्दै यसको चौतर्फी विकास गर्न शिक्षक, अभिभावक, र विद्यार्थी सबै एकजुट हुनुपर्ने वताए ।
बार्षिकोत्सवको अवसरमा बिद्यालयले चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङ, नेपाल पत्रकार माहासंघका अध्यक्ष जिवन श्रेष्ठ लगायत सो बिद्यालयमा अध्ययन गरेर बिभिन्न क्षेत्रमा योगदान पुर्याएहरुलाई सम्मान गरिएको थियो ।
यस्तै सो अवसरमा बिद्यालयको प्रांगणमा व्यक्तिगत खर्चमा सरस्वती मन्दिर निर्माण गरेका पूर्व विद्यार्थी सेनाका अवकास प्राप्त जर्नेल डा. पूर्णवहादुर सिलवाललाई सम्मान गरिएको थियो । बाािर्षकोत्सवमा सो बिद्यालयका प्रधानाध्यापक धुब्रलाल श्रेष्ठले विद्यालयको बार्षिक प्रगतिसहित समग्र विवरण प्रस्तुत गरेका थिए।
बिद्यालय व्यवस्थापन समितिका संयोजक तथा वडा न.५ का वडाध्यक्ष नरमान श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा पूर्व सांसद द्धय कृष्णराज श्रेष्ठ र सुवाष कर्मचार्य, नगरप्रमुख अमानसीं तामांग लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।